यी हुन् हेटौंडा उपमहानगरको गठबन्धनका सम्भावित उम्मेदवार

अखबार हब
२०७९ बैशाख ७, बुधबार २२:५२

मकवानपुर । सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि नेकपा एकीकृत समाजवादीको उम्मेदवार उठाउने भएको छ ।

केन्द्रीय गठबन्धनको निणर्य अनुसार हेटौंडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादीको उम्मेदवारलाई अघि सारिएको हो ।

एकीकृत समाजवादीले श्रीधर पोखरेललाई हेटौंडाको मेयरमा अघि सार्न खोजेको छ । उनी मकवानपुरका जिल्ला अध्यक्ष समेत हुन् । एमालेको मत तान्नका लागि पार्टीले पोखरेललाई अघि सार्न खोजेको छ । मेयरकै दौडमा मीनाकुमारी लामा पनि छन् । लामा हाल हेटौंडा उपमहानगरकी उपमेयर हुन् ।

हेटौंडाको उपमेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार उठाउन लागिएको छ । कांग्रेसले उपमेयरमा राजेश बानियाँलाई उठाउने तयारी गरेको छ । उनी मकवानपुर–१ (ख) को कांग्रेस सभापति हुन् । बानियाँ हेटौंडा ५ का वर्तमान वडाध्यक्ष समेत हुन् । त्यस्तै उपमेयरकै चर्चामा नेपाल विद्यार्थी संघका पूर्व माहामन्त्री प्रभात दाहाल समेत छन् । तर, उनको नाम भने काँग्रेस हेटौंडा नगर समितिले सिफारिस गरेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*