हेटौंडाको मेयरमा एकीकृत समाजवादीलाई काँग्रेसको समर्थन

अखबार हब
२०७९ बैशाख ७, बुधबार २१:१९

मकवानपुर । सत्तारुढ गठबन्धनको भागबण्डामा नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरको प्रमुख पाएपछि काँग्रेस उपमहानगर समितिले असन्तुष्टि जनाए पनि जिल्ला कार्यसमितिले समर्थन जनाएको छ ।

उपमहानगर समितिले विज्ञप्ति जारी गरेर आफ्नो छुट्टै उम्मेदवार खडा गर्ने ध्यानाकर्षणसहित असन्तुष्टि जनाइरहेको अवस्थामा जिल्लाले भने केन्द्रीय नीतिलाई अवलम्बन गर्नुपर्ने भन्दै समर्थन जनाएको हो । काँग्रेस जिल्ला सचिव भीमसेन महतले केन्द्रीय नीति, निर्देशन र निर्णयलाई जिल्ला स्वीकार्दै समर्थन गरेको बताए ।

‘गठबन्धनको भागबण्डामा हेटौंडामा काँग्रेसले उपप्रमुख पाएको छ, नेकपा एकीकृत समाजवादीले प्रमुख पाउँदा हाम्रो समर्थन छ ।’ उनले भने । नगर समितिले बाह्य रुपमा असन्तुष्टि जनाउनु ठिक नभएको उनको भनाइ छ । सचिव महतले आन्तरिक छलफलमा असन्तुष्टि जनाउनु स्वभाविक भएपनि बाह्य असन्तुष्टिलाई जिल्लाले गम्भीर रुपमा लिएको र विज्ञप्ति सच्याउन छलफल गरिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*