नेकपा एसले राक्सिराङमा टुङ्ग्यायो उम्मेदवार

अखबार हब
२०७९ बैशाख ४, आईतवार २२:०६

मकवानपुर । आसन्न स्थानीय निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) राक्सिराङ गाउँपालिका कमिटीले पालिका अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षहरुको नाम टुंग्याएको छ ।

केन्द्रमा गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भए तापनि पालिकामा गठबन्धन नभएको खण्डमा इन्चार्ज कृष्णबहादुर चेपाङलाई अध्यक्ष र उपाध्यक्षमा मिलनकुमारी तामाङलाई सिफारिस गर्ने आइतबार भएको पार्टी गाउँ कमिटीको बैठकले निर्णय गरेको हो ।

गठबन्धन भएको खण्डमा पालिका उपाध्यक्षमा पार्टी अध्यक्ष ज्ञानेन्द्र तामाङको नाम अघि सार्ने निर्णय गरेको छ । गठबन्धनका दलहरुसँग दावी प्रस्तुत गर्दा अध्यक्ष, उपाध्यक्ष छाडेको खण्डमा वडा नम्बर ३, ४, ६, ९ दावी गर्ने र उपाध्यक्ष लिएको अवस्थामा २ वटा वडा दावी गर्ने निर्णय भएको पार्टी अध्यक्ष ज्ञानेन्द्र तामाङले बताए।

वडा नम्बर १ को अध्यक्षमा बाबुराम मोक्तान, वडा नम्बर २ मा नविन्द्र थिङ, ३ मा ज्ञानबहादुर स्याङ्तान, ४ मा किशोरकुमार ब्लोन, ५ मा जुनियल प्रजा, ६ मा कृष्णलाल तामाङ, ७ मा जंगलाल प्रजा, ८ मा सरोजकुमार प्रजा र ९ नम्बर वडामा अम्बरबहादुर थिङको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

गाउँ पार्टी कमिटिको अध्यक्ष ज्ञानेन्द्र तामाङको सभाध्यक्षमा भएको बैठक प्रदेश कमिटी सदस्य गोबिन्दराम चेपाङको प्रमुख आतिथ्यमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*