नेपाल परिवार दलले मकवानपुरमा एमालेलाई सघाउने

अखबार हब
२०७९ बैशाख ४, आईतवार २०:०७

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाल परिवार दलले मकवानपुर जिल्लामा नेकपा एमालेसँग तालमेल गर्ने पक्का भएको छ ।

आइतबार नेकपा एमाले मकवानपुरको पार्टी कार्यालयमा भएको छलफलमा नेपाल परिवार दलले केही वडामा सुर्य चिन्हबाट उम्मेदवारीसमेत दिने तय भएको छ ।

नेपाल परिवार दल मकवानपुरका अध्यक्ष हरिबहादुर लोप्चन र एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठबिच भएको छलफलमा नेपाल परिवार दलले मकवानपुरमा ३ वडामा १–१ जना वडा सदस्यको लागि स्थान माग गरेको छ । दलले हेटौंडा–१०, मनहरी–६ र कैलाश–८ मा वडा सदस्य माग गरेको जनाएको छ । जसमा कैलास ८ बाट नेपाल परिवार दलका जिल्ला अध्यक्ष हरिबहादुर लोप्चनको नाम वडा सदस्यमा एमालेको वडा कमिटीले नै समावेश गर्दै सिफारिस गरिसकेको छ ।

यस्तै हेटौंडा–१० र मनहरी–६ मा पनि सदस्य पद माग गरेको सन्दर्भमा भने अहिले नै भन्न नसकिने एमाले अध्यक्ष श्रेष्ठले बताए । अन्य नेताहरुसँग पनि छलफल गर्नुपर्ने तथा वडा कमिटीमा पनि जानकारी गराउन पर्ने भएकाले उक्त वडाहरुको बिषयमा केही दिनमा टुङ्गो लाग्ने उनको भनाई छ ।

हेटौंडा–१० मा असम्भव जस्तै देखिन्छ भने मनहरी ६ मा पनि त्यहाँको अवस्था बुझेर निर्णय गरिने श्रेष्ठले जानकारी दिए

यसमा तपाइको मत

Your email address will not be published.


*