प्रदेशसभाको बन्द सूचीबाट नाम हटाउन एमालेका ११ नेताको निवेदन

अखबार हब
२०७९ बैशाख ४, आईतवार १९:३४

काठमाडौं । नेकपा एमालेका ११ नेताले प्रदेशसभाको बन्दी सूचीबाट नाम हटाउन निवेदन दिएका छन् ।

स्थानीय चुनावमा भाग लिन प्रदेशसभा सदस्यको बन्द सूचीबाट नाम हटाउन ती नेताहरुले निवेदन दिएका हुन् ।

केन्द्रीय कार्यालयमा प्राप्त विवरण अनुसार धनेष यादव (बर्दिया), सिता बराल (बाजुरा), गोविन्द नेपाली (गण्डकी), देवीलाल लामिछाने (पाल्पा), रिनाकुमार चौधरी (कपिलवस्तु), होमबहादुर थापा (तनहुँ), प्रमकुमार लामिछाने (पर्वत)ले समानुपातिक सूचीबाट नाम हटाउन निवेदन दिएका छन् ।

यस्तै तर्कबहादुर बडुवाल (दैलेख), रामशरण ढुंगाना (स्याङ्जा), कृष्णबहादुर लामिछाने (स्याङ्जा) र रामदास थारु (बाँके)ले बन्द सूचीबाट नाम हटाइदिन निवेदन दिएका छन् । केन्द्रीय कार्यालय सचिव डा।भिष्म अधिकारी, अझै निवेदन आउने क्रम नरोकिएको बताउँछन् ।

केन्द्रीय कार्यालयमा आएको निवेदनबारे एमालेले निर्णय गरेपछि निर्वाचन आयोगले हटाउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*