एकीकृत समाजवादीबाट हेटौंडाको मेयरमा पोखरेल र लामाको नाम फिसारिस
मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले हेटौंडा उपमहानगरपालिको मेयर र उपमेयरको नाम सिफारिस गरेको छ ।
मेयरमा पार्टीका जिल्ला अध्यक्ष श्रीधर पोखरेल र पार्टी उपाध्यक्ष एवं वर्तमान उपमेयर मिना लामाको नाम सिफारिस गरेको छ ।
नेकपा ‘एस’ हेटौंडा उपमहानगरपालिका कमिटीको शनिबार भएको बैठकले जिल्ला अध्यक्ष पोखरेल र लामालाई मेयरको उम्मेदवार बनाउन जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।
यसैगरी,उपमेयरमा तिलक अधिकारी, ध्रुव भुजेल, कविन पन्त र तारा ढुङ्गाना लामा गरी ४ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय भएको बताईएको छ ।
यस्तै, हेटौंडाका १९ वटै वडाबाट अध्यक्षका उम्मेदवार पनि नगर कमिटीबाट जिल्ला कमिटीमा सिफारिस गर्ने भएको छ ।
हेटौंडा–१ मा बेगम बराल, २ मा तारा ढुंगाना लामा र शिशिर पराजुली, ३ मा तेजराज बर्तौला, मेनुका पौड्याल र यादव गौतम, ४ मा निरज सिंह, ५ मा रविन्द्र पोख्रेल, ६ मा गोपालप्रसाद दाहाल, ७ मा राजु अधिकारी, रघुप्रसाद आचार्य, ८ मा बैकुन्ठप्रसाद सापकोटा, ९ मा सुकराम केसी, १० मा प्रेमकुमार गुरुङ, ११ मा देवकुमार श्रेष्ठ, १२ मा सोमलाल बल, १३ मा मनोज वाइवा, विष्णुमाया लामा, राजकुमार वाइवा, नवराज थिङ, १४ मा मोहनसिं मोक्तान, १५ मा दिपेश थिङ, प्रेमबहादुर भोम्जन, १६ मा लोकनाथ चौलागाईं, १७ मा कृष्णबहादुर सापकोटा, १८ मा केदार बानिया र १९ मा रामप्रसाद पौडेल अध्यक्षका लागि नगर कमिटीबाट पार्टी जिल्ला कमिटीमा सिफारिस भएका हुन् ।
एस हेटौंडा उपमहानगरपालिका कमिटीका अध्यक्ष ध्रुवबहादुर भुजेलको अध्यक्षता भएको बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा मकवानपुर इन्चार्ज ललित बस्नेत प्रमुख आतिथ्यता रहेको थियो ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर सहइन्चार्ज मुनु सिग्देल, केन्द्रीय सदस्य तथा पार्टी कानून फाँटका इन्चार्ज घनप्रसाद गौतम, पार्टी जिल्ला अध्यक्ष तथा प्रदेश कमिटी सचिवालय सदस्य श्रीधर जिल्ला, बागमती प्रदेश कमिटी सदस्य यादव गजुरेल, पार्टी मकवानपुर उपाध्यक्ष मिना लामा, पार्टी जिल्ला सचिव विष्णु दाहाल,पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य, नगर सहइन्चार्ज लगायतको आतिथ्यता थियो ।







