हेटौंडा ४ मा एमालेको ३५१ निर्वाचन परिचालन कमिटी
मकवानपुर । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमाले मकवानपुरले चुनावी गतिविधिलाई तिब्रता दिएको छ । सोहिक्रममा शनिवार हेटौँडा–४ नम्बर वडा कमिटीको आयोजनामा वडा स्तरीय कार्यकर्ता भेला तथा स्थानीय तह निर्वाचन कार्यक्रम सम्पन्न भएको छ ।
वडा कमिटीका अध्यक्ष राजेन्द्र बास्ताकोटीको सभाध्यक्षता तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।
भेलाले चुनावी गतिविधि थप प्रभावकारी बनाउँन भन्दै जगनाथ पाण्डेको अध्यक्षतामा ३५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । भने ४१ सदस्यीय सचिवालय समेत गठन गरेको छ । प्रचारप्रसार समितिका सह—संयोजक शिवहरी दाहाल, सचिव जेन श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा नगर र जिल्लाका पदाधिकारी स्वत रहनेगरि ३५१ सदस्यीय समिति गठन गरेको हो ।
भेलाले विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । नवीन मिश्रको संयोजकत्वमा कार्यालय व्यवस्थापना र प्रचारप्रसार कमिटि, केशव वासुकलाको संयोजकत्वमा आर्थिक व्यवस्थापन कमिटी, शिवहरी दाहालको संयोजकत्वमा प्रतिबद्धता लेखन कमिटि, प्रकाश सुवेदीको संयोजकत्वमा स्वंयमसेवक कमिटी र भवानी शर्माको संयोजकत्वमा निर्वाचन अनुगमन कमिटी गठन गरेको हो ।







