इन्द्रसरोवरमा एमालेले टुङ्ग्यायो उम्मेदवार

अखबार हब
२०७९ बैशाख २, शुक्रबार १४:४३

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले इन्द्रसरोवर गाउँपालिकाले सबै उमेदवारको टुङ्गो लगाएको छ । एमाले इन्द्रसरोवरले पालिका अध्यक्षको उमेदवारमा देवकृष्ण पुडासैनी र उपाध्यक्षमा हरिमायाँ बललाई सिफारिस गरेको छ।

त्यस्तै वडा नम्बर १ को अध्यक्षमा राजु बस्नेत, २ मा बैकुण्ठ थापा, ३ मा प्रताप भोम्जन, ४ मा चन्द्र कुमार बल र ५ नम्बर वडामा अनिश लामालाई वडा अध्यक्षको उमेदवार बनाउने निर्णय गरेको छ ।

५ वटा वडा रहेको इन्द्रसरोवर गाउँपालिकामा २०७४ को स्थानीय निर्वाचनमा वडा नम्बर १ बाहेक सबै वडा नेकपा एमालेले अध्यक्षसहित सदस्य र पालिका अध्यक्ष तथा उपाध्यक्ष जितेको थियो । वडा नम्बर १ भने नेपाली काँग्रेसले जितेको थियो । इन्द्रसरोवरमा हालका अध्यक्ष जीवन लामासहित केहि कार्यपालिका सदस्य नेकपा एकीकृत समाजवादीमा छन् । एकातिर गठबन्धन र अर्कोतिर पालिका अध्यक्षसहित नेकपा एसमा लागेपछि यस पटक एमालेलाई जित निकाल्न सजिलो छैन । तर एमाले इन्द्रसरोवरका नेताहरु भने राप्रपा, काङ्ग्रेस र माओवादी कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका कारण पार्टी फुटको असर नपर्ने दावी गर्छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*