ओखलढुंगामा जिप दुर्घटना : दुई जनाको मृत्यु,७ घाइते
ओखलढुंगा । मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा बुधबार जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते ७ मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पर्ने सबै सोलुखुम्बुबाट प्रदेश १ स्थित विराटनगर हिँडेको प्रहरीहरु रहेको जनाइएको छ । घटनाको पूर्ण विवरण आउन समय लाग्ने घटनास्थलमै रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी सुकदेव खनालले बताए ।
उनले आफू उद्धार कार्यमा व्यस्त रहेकोले बाँकी विवरण आउन समय लाग्ने बताए । गम्भीर घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ ।







