बागमती प्रदेश सरकारबिरुद्ध अख्तियारमा उजुरी

अखबार हब
२०७८ चैत्र २८, सोमबार १७:४३

काठमाडौं । स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत ५ लाखका टुक्रे योजना वितरण गरेको भन्दै बागमती प्रदेश सरकारबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडामा उजुरी परेको छ ।

बागमती प्रदेश सरकारले विनीयोजन बिधेयक विपरित २२ सय ९९ वटा योजनामा बजेट रकमान्तर गरेको थियो । बागमती प्रदेशको मन्त्रीपरिषदको २०७८ फागुन ६ गतेको निर्णयले बजेट रकमान्तर गरिएको हो ।

संबिधानको धारा २३२ विपरित स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत् विकास निर्माणको काम अघि बढाउने सरकारको निर्णय संबिधान र कानून विपरित भएको भन्दै सरकारबिरुद्ध उजुरी परेको अख्तियार दरुपयोग अनुसन्धान आयोग हेटौँडाले जनाएको छ ।

प्राबिधिक लागत स्टमेटबिना सम्भाव्यता नै अध्ययन नगरी स्थानीय तहले गर्दै आएको काममा दोहोरो हुने गरी प्रदेश सरकारले बजेट वितरण गरेको निबेदनमा उल्लेख भएको आयोगका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बताए । निवेदन उपर अख्तियारले छानबीन गर्ने सूचना अधिकारी सापकोटाको भनाई छ ।

प्रदेश सरकारले निर्वाचनका बेला कार्यकर्तासंगको मिलेमतोमा रकम दुरुपयोग गर्ने मनसायले मनोमानी योजना छनोट गरी बजेट वितरण गरेको भन्दै प्रतिपक्ष दल एमालेले सरकारको बिरोध गर्दै आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*