मालपोत कार्यालयका निमित प्रमुख ५ लाख घुससहित पक्राउ
जनकपुरधाम । मालपोत कार्यालय धनुषाका निमित प्रमुख सुनिलकुमार झा ५ लाख घुससहित पक्राउ परेका छन्।
जनकपुरधामको भानुचौकस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले झालाई नियन्त्रणमा लिएको हो।
जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि झाले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ।







