चट्याङ्ग लागेर राक्सिराङमा एक महिलाको मृत्यु
मकवानपुर । राक्सिराङ गाउँपालिका वडा नम्बर १ स्थित गडुवानमा चट्याङ्ग लागेर एक महिलाको मृत्यु भएको छ ।
आइतबार दिउँसो अन्दाजी ४ः३० बजे आफ्नै घरमा चट्याङ्ग लागेर घाइते भएकी ४२ वर्षकी सुमित्रा हिम्डुङ्गको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै, चट्याङ्गमा परेर घाइते भएका बीरबहादुर हिम्डुङ्गको भने अवस्था सामान्य रहेको स्थानीय रोहन लामाले जानकारी दिए ।







