नेकपा एमाले इन्द्रसरोवरले टुङ्ग्यायो पालिका अध्यक्षसहित वडाको उम्मेदवार

अखबार हब
२०७८ चैत्र २६, शनिबार २३:२१

मकवानपुर । स्थानीय तह निर्वाचनमा नेकपा एमालेले इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा देवकृष्ण पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेकपा एमाले गाउँ कमिटीको बैठकले सर्वसम्मत् रुपमा पुडासैनीलाई उम्मेदवार बनाउने निर्णयसहित सिफारिस गरेको हो ।

उपाध्यक्षका आकांक्षी भने धेरै भएकाले अझै उम्मेदवार टुंगाउन लगाउन सकेको छैन ।

त्यसैगरी गाउँपालिकाको वडा अध्यक्षहरुमा ३ नम्बरबाहेक अन्य वडामा उम्मेदवार टुङ्गो लगाएको छ । वडा नम्बर १ मा राजु बस्नेत, २ मा बैकुण्ठ थापा, ४ मा चन्द्रकुमार बल र ५ नम्बर वडामा अनिश लामालाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

वडा नम्बर ३ मा भने चार जना आकांक्षीहरु हालका वडा अध्यक्ष चिरन्जीवी पौडेल, वडा सदस्य वसन्त थापा, एमाले ३ नम्बर वडा अध्यक्ष राजन कुमार ठकुरी र तिलक बहादुर रेग्मीले अध्यक्षमा उम्मेदवार दाबी गरेका छन् । उनीहरुको दाबीलाई जिल्ला कमिटीमा सिफारिस गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*