एमाले बकैया : अध्यक्ष र उपाध्यक्षसहित ११ जना सिफारिस

अखबार हब
२०७८ चैत्र २६, शनिबार २१:०२

मकवानपुर । स्थानीय तह निर्वाचनमा नेकपा एमालेले बकैया गाउँपालिकामा अध्यक्षका लागि पाँचजना सिफारिस गरेको छ ।

आज भएको गाउँ कमिटि बैठकले अध्यक्षमा पद्मा पौडेल, सरला बोलखे, दलबहादुर वाईवा, कृष्णप्रसाद चौँलागाई तथा गोपाल दाहाललाई सिफारिस गरेको हो ।

त्यस्तै उपाध्यक्षमा बद्रीलाल थिङ, विजय वाईवा, लालबहादुर स्याङ्तान, सुस्मिता घोरासैनी, जिमि लो स्याङ्तान, याङ्ग्री डोल्मा लामा भोम्जनलाई सिफारिस गरेको छ ।

दुई दिनसम्म चलेको बैठबले अध्यक्ष र उपाध्यक्षमा एक–एकजना सर्वसम्मत गर्न नसकेपछि अध्यक्षमा पाँच तथा उपाध्यक्षमा ६ जनाको नाम जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमा सिफारिस गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*