नेपाल खेलकुद महासंघ समाजवादी हेटौंडाको अध्यक्षमा खड्गी
मकवानपुर । नेपाल खेलकुद महासंघ समाजवादी हेटौडा उपमहानगरपालिका कमिटीको प्रथम भेला भएको छ ।
भेलाले शंकर गोपाल खड्गीको अध्यक्षतामा १७ सदस्यीय कमिटी घोषणा गरेको छ । नगर कमिटी उपाध्यक्ष आकाश कटुवाल र विजेता राना मगर, सचिव निरोज दुलाल, सहसचिव रविन चौलागाईं, कोषाध्यक्ष आशिष घलान रहेका छन् ।
कार्यक्रम नेपाल खेलकुद महासंघका केन्द्रीय सचिवालय सदस्य दीपेन्द्र ढकालको प्रमुख आथित्य, युवा संघ हेटौंडाका अध्यक्ष निरज सिंह ठकुरी, अनेरास्ववियू मकवानपुरका सचिव आकाश अधिकारी लगायतको उपस्थिती थियो ।







