एमाले थाहानगरः मेयर र उपमेयरमा दुई/दुई जना सिफारिस

अखबार हब
२०७८ चैत्र २६, शनिबार १९:२१

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले थाहानगरले मेयर र उपमेयर पदका लागि नाम सिफारिस गरेको छ ।

आज भएको एमाले थाहानगर कमिटीको बैठकले सर्वसम्मत् निर्णय गर्न नसकेपछि मेयर र उपमेयरमा दुई/दुई जनाको नाम सिफारिस गरेको हो ।

बैठकले मेयर पदका लागि बिष्णु प्रसाद ढकाल र शशिधर सुबेदीलाई सिफारिस गर्ने निर्णय गरेको छ भने उपमेयरका लागि कल्पना बलामी र चमेली वाईबालाई सिफारिस गर्ने निर्णय गरेको छ ।

उक्त सिफारिस भएको उम्मेदवारको नाम जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमा सिफारिस गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*