भीमफेदीको अध्यक्ष र उपाध्यक्षमा एमालेको पुरानै उम्मेदवार

अखबार हब
२०७८ चैत्र २६, शनिबार १५:१४

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालले मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा हिदम लामा र उपाध्यक्षमा पार्वती रानालाई नै दोहोर्‍याउने भएको छ ।

शनिबार भएको भीमफेदी एमाले गाउँ कमिटी बैठकले गाउँपालिकाको अध्यक्षमा बर्तमान गाउँपालिकाका अध्यक्ष लामा तथा उपाध्यक्षमा रानालाई नै उठाउने सर्वसम्मत् निर्णय गरेको हो ।

२०७४ मा भएको स्थानीय निर्वाचनमा भीमफेदी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुबैमा एमालेका उम्मेद्वार लामा र राना विजयी भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*