राक्सिराङ्गमा एमालेले टुङ्ग्यायो पालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार

अखबार हब
२०७८ चैत्र २५, शुक्रबार २१:३६

मकवानपुर । आगामी स्थानीय निर्वाचनको लागि नेकपा एमालेले मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको नाम चयन गरेको छ ।

आज भएको गाउँकमिटीको बैठकले अध्यक्षमा बाबुलाल स्याङ्तान र उपाध्यक्षमा सुन्तलीमाया प्रजालाई सर्वसम्मत सिफारिस गरेको नेकपा एमाले राक्सिराङ्गका अध्यक्ष रोहन लामाले अखबार हबलाई जानकारी दिए ।

राक्सिराङ्ग गाउँपालिकामा यस अघि भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष तथा उपाध्यक्षका उम्मेद्वार पराजित भएका थिए ।

आगामी जिल्ला कमिटी वैठकबाट सवै पालिकाकोे उम्मेदवार टुंगो लाग्नेछ । एकजनाभन्दा बढी सिफारिस भएको हकमा जिल्ला कमिटीले निर्णय गर्ने व्यवस्था रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*