हेटौंडामा एमालेले टुंग्यायो वडाको उम्मेदवार
मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका कमिटीले वडा अध्यक्षहरुको नामको टुंगो लगाएको छ । वैशाखा ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि एमाले हेटौंडाले वडा अध्यक्षहरुको प्रारम्भिक नाम सिफारिस गरेको हो ।
एमाले हेटौंडाका सचिव बोलबहादुर कार्कीका अनुसार हेटौंडा उपमहानगरपालिका – १ को अध्यक्षमा उत्तमप्रसाद पौडेल, २ नं.मा हरिबहादुर राउत, ४ नं. नवीन सिग्देल, ५ नं.मा शुशिल घिमिरे, ६ नं.मा विश्वराज राई, ७ नं.मा राजन थापा, १२ नं.मा राजेश नगरकोटी, १३ नं.मा पेम्बा लामा, १४ नं.मा दीपक खड्का, १५ नं.मा सुनिल मोक्तान, १६ नं.मा बसन्तप्रसाद लामिछाने र १८ नं.वडामा अनिल बानियाँ सर्वसम्म्त् सिफारिस भएको छ ।
त्यस्तै, ३ नं.वडा अध्यक्षका लागि रामकुमार पुडासैनी, परेशमान बिडारी र कल्पना लामाको नाम सिफारिस भएको छ । ८ नं.मा ( बोलबहादुर कार्की, यशोदा उप्रेती र रमेशकुमार पौडेल), ९ नं.मा (नरेन्द्र भण्डारी, लक्ष्मणप्रसाद भण्डारी र गोमा शाह),१० नं.मा सिफारिस हुन नसकेको, ११ नं.मा (जुना दाहाल, रामचन्द्र न्यौपाने र दीपक सिवाकोटी), १७ नं.मा (भैरवबहादुर राई र लक्ष्मण खुलाल) र १९ नम्बर वडाध्यक्षमा (नरनाथ सुवेदी, इन्दिरा तामाङ र रत्नबहादुर ब्लोन) को नाम वडामा सर्वसम्मत हुननसकेपछि जिल्लामा सिफारिस गरिएको छ ।
आगामी जिल्ला कमिटी वैठकबाट सवै वडाको उम्मेदवार टुंगो लाग्नेछ । एकजनाभन्दा बढी सिफारिस भएको हकमा जिल्ला कमिटीले निर्णय गर्ने व्यवस्था रहेको छ ।







