एमालेबाट बागमतीको अध्यक्षमा ४ जनाको नाम सिफारिस
मकवानपुर । आगामी स्थानीय तहको निर्वाचनाको लागि नेकपा एमालेले मकवानपुरको बागमती गाउँपालिकामा अध्यक्षको लागि ४ जनाको नाम सिफारिस गरेको छ ।
शुक्रबार भएको गाउँ कमिटीको बैठकले अध्यक्षमा खेमराज जर्गा मगर, छिरिङदोर्जे लामा, नर बहादुर लामा र राजकुमार तिमल्सिनालाई सिफारिस गरेको हो ।
बैठकले उपाध्यक्षमा गोपीकुमारी फुयाल, वर्तमान उपाध्यक्ष धनमाया स्याङ्तान, राधिका तिमल्सिना, सर्मिला वि.क. र सविना योञ्जनलाई सिफारिस गरेको नेकपा एमाले मकवानपुरका सदस्य खेमराज जर्गाले बताए ।







