एमाले मोरङले वडाको आज र पालिकाको उम्मेदवार भोलि टुङ्ग्याउने

अखबार हब
२०७८ चैत्र २५, शुक्रबार १२:१८

मोरङ । नेकपा एमालेले आज वडाका सदस्य र अध्यक्षका उम्मेदवारको नाम टुङ्गो लगाउँदै छ । नेकपा एमाले मोरङ जिल्ला समितिले स्थानीय तहको निर्वाचन उम्मेदवार छनौट र सिफारिस सम्बन्धी विशेष निर्देशनमा २५ गते साँझ ७ बजेसम्म सबै वडाको अध्यक्ष र सदस्य उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गर्न निर्देशन दिएको हो ।

चैत २५ गते एकै दिन जिल्लाका १७ वटै पालिकाका १५९ वडा कमिटी र वडा संयन्त्रको छुट्टाछुट्टै बैठकको आयोजना गरी सर्वसम्मत रूपमा वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरू छनौट गर्न निर्देशनमा भनिएको छ। संयन्त्र र वडा कमिटीको बैठकमा सहमति नजुटे मात्र एक पदका लागि बढिकमा ३ जनाको नाम सिफारिस गर्न सकिने गरी निर्देशन दिइएको नेकपा एमाले जिल्ला सचिव रुपेश खतिवडाले जानकारी दिए ।

‘चैत २६ गते एकैदिन जिल्लाका १७ वटै पालिकामा कमिटी र पालिका संयन्त्रको छुट्टाछुट्टै बैठकले सर्वसम्मत रूपमा प्रमुख र उपप्रमुखका उम्मेदवारहरू छनौट गर्न भनिएको छ, खतिवडाले भने, दुवै बैठकमा सर्वसम्मत हुन नसकेको खण्डमा मात्र एक पदमा बढीमा तीन जनाको नामावली तयार गरी जिल्लामा सिफारिस गर्न भनिएको छ।’ बैठक आयोजना गर्दा पहिला सम्बन्धित तहको कमिटीको पूर्ण विस्तारित बैठक र त्यसपछि संयन्त्रको बैठक बस्नु पर्ने पनि निर्देशन एमाले जिल्ला कमिटीले सबै स्थानीय तह र वडा कमिटीलाई निर्देशन दिएको खतिवडाले बताए ।

यो वर्ष महिलालाई प्रमुख पदमा महिलालाई उम्मेदवार बनाउने बारेमा पनि छलफल भइरहेको एमालेले जनाएको छ । कुन-कुन पालिकामा महिलालाई उम्मेदवार दिने भन्ने बारेमा एमाले पार्टी भित्रबाट कुनै प्रतिक्रिया दिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*