हेटौँडा–१४ मा दिपक खड्का बने एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार
मकवानपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले मकवानपुरले जिल्लाका १० स्थानीय तहको १ सय २ वटा वडाहरुमा वडाध्यक्षसहित वडा सदस्यहरुको उम्मेद्वार टुंगो लागाउने कार्यलाई तीब्रता दिएको छ ।
सोहि क्रममा धेरैजसो वडाहरुका सर्वसम्मत उम्मेद्वार छान्ने नीति लिएको एमालेले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मा पनि सर्वसम्मत रुपमा वडाध्यक्षको चयन गरेको छ ।
वडा कमिटिको बैठकले बर्तमान वडाध्यक्ष तथा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य दिपक खड्कालाई वडाध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको छ । वडासदस्यहरु भने आजसम्म टुंगो लगाईने जनाईएको छ ।







