मनहरीमा नेपाली काँग्रेसको सम्पर्क कार्यालय स्थापना
मकवानपुर । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको सम्पर्क कार्यालय वडा नम्बर ७ मनहरी बजारमा स्थापना भएको छ ।
आज (बिहीबार) एक कार्यक्रमबीच मनहरी बजारमा नेपाली काँग्रेस जिल्ला सभापति बुद्ध लामाले वडा नम्बर ७ पार्टी कार्यालय, मनहरी गाउँपालिका र प्रदेश २ (ख) समितिको सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् ।
नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधि जलान दिन मियाको सहयोगमा उक्त सम्पर्क कार्यालय स्थापना भएको हो ।

काँग्रेस मनहरी–७ का सभापति उमेश मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस जिल्ला सभापति बुद्ध लामाको प्रमुख अथित्यता रहेको थियो ।
त्यस्तै विशिष अतिथिमा बागमती प्रदेश सदस्यहरु जानुका लामा, जानकी लामा (तामाङ), महाधिवेशन प्रतिनिधि ठाकुर तितुङ, शंकर न्यौपाने थियो भने काँग्रेस बरिष्ठ नेता भरत पराजुली, पूर्व जिल्ला सदस्य नवराज उप्रेती, नवराज सुवेदी, मनहरी गाउँपालिका वर्तमान सभापति प्रकाश बर्ताैला, मनहरी ८ सभापति भीमसेन लामालगायत वडाका जनप्रतिनिहरुको अथिथ्यता रहेको थियो ।







