बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा द्रुतमार्गको निरीक्षण
मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले तराइलाई काठमाडौं जोड्ने द्रुतमार्गको निरीक्षण गरेका छन् । ४९ औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक लगत्तै राष्ट्रिय प्राथमिकता आयोजना काठमाण्डौँ तराइ मधेश द्रुतमार्गको सञ्चालित विकास निर्माण कार्यको बुधबार निरीक्षण गरेको हो।
बैठकमा भएको छलफल अनुसार आयोजनाको कामको अनुगमन गर्न बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनाल सहित निरीक्षण गर्न आयोजना क्षेत्रमा पुग्नु भएका मुख्यमन्त्री पाण्डेले द्रुतमार्ग अन्तर्गत लेनडाँडा क्षेत्रमा निर्माणाधीन सुरुङ्ग तथा पुलहरुको निरीक्षण गर्े । । यसै क्रममा अहिले जुन गतिमा काम भैरहेको छ त्यसलाइ सकरात्मक रुपमा लिदैँ आयोजना अन्तर्गत अन्य क्षेत्रमा कामको गतिमा तीब्रता प्रदान गर्न तोकिएको समय सीमा भित्र आयोजना सम्पन्न गर्ने गरी काम गरी राष्ट्रिय गौरवको प्राथमिकता आयोजनालाइ नाम अनुसार कार्य प्रगति हासिल हुने गरी कार्यमा तीब्रता दिन निर्देशन दिएका थिए ।
कार्यक्रममा नेपाली सेना २८ नम्बरका बाहिनीपति सहायक रथी हिम्मत विष्ट¸ नेपाली सेना काठमाण्डौँ तराइ मधेश द्रुतमार्ग आयोजना लेन डाँडाका क्याम्पका प्रमुख मेजर राम सागर यादवले मुख्यमन्त्रीलाइ योजनाको समग्र कार्य प्रगतिको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
सुरुङ्गमार्गको निर्माण पश्चात ७२.५ किलोमिटर लम्बाइ रहने द्रुतमार्गको कामलाइ बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले समयमा नै सम्पन्न गरेर विकासमा नयाँ फड्को मारेको आभाष बागमती प्रदेशबासीका साथै समग्र नेपालीले गर्न पाउने वातावरण सृजना गर्न र मालसामानको ढुवानीमा हुने गरेको खर्च घटाउने र काठमाडौं उपत्यका भित्र बढ्दो जनसंख्याको चापलाइ कम हुने अवस्था निर्माणका लागि समेत यो आयोजना नेपालको लागि अत्यावश्यक रहेको बताए ।
निरीक्षणका क्रममा आयोजना अन्तर्गत धेद्रे क्षेत्रमा निर्माणधानीन सुरुङ्ग¸ गुणस्तर मापन प्रयोगशाला¸ रुख कटान गरिएका क्षेत्र लगायतको स्थलगत अवलोकन तथा फिल्डमा खटिएका प्राविधिक तथा मजदुरहरुसँग अन्तर्क्रिया गरेका थिए । प्रस्तावित निजगढ विमानस्थल र द्रुतमार्ग एक आपसमा परिपूरक आयोजना भएकोले बागमती प्रदेश र मधेश प्रदेश विचको सम्बन्धको सेतुको रुपमा अघि बढाउँदै यी दुबै आयोजनालाइ नेपालको गेम चेञ्जर आयोजनाको रुपमा सम्पन्न गर्न आवश्यक रहेको कुरामा जोड दिएका थिए । बागमती प्रदेश सरकार आयोजना सम्पन्न गर्ने क्रममा आउने अवरोधहरुलाइ समयमा नै निराकरण गर्न र सहजीकरण गर्न प्रतिवद्ध रहेको बताए ।







