बारामा ट्रयाक्टरले किच्दा बालकको मृत्यु

अखबार हब
२०७८ चैत्र २३, बुधबार १८:०१

काठमाडौं । बाराको निजगढ नगरपालिका–१० मा बुधबार ट्रयाक्टरमा जोडेको रोटाभेटरले किचेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय बुद्धिलाल बम्जनका ९ वर्षीय छोरा बिपास बम्जन रहेका छन् ।

प्रदेश २–०३–००१ त १३१३ नम्बरको ट्रयाक्टरले उनलाई किचेको थियो ।

फरार रहेका ट्रयाक्टर चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय निजगढ बाराले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*