एमाले हेटौंडा नगर सदस्यमा चौलागाईं

अखबार हब
२०७८ चैत्र २२, मंगलवार १२:२५

मकवानपुर । नेकपा एमाले हेटौँडा नगर कमिटीको सदस्यमा अशोक चौलागाईं मानोनीत भएका छन् । सोमबार बसेको नगर कमिटीको बैठकले चौलागाईंलाई सदस्यमा मनोनित गरेको हो ।

२०५८ सालमा एमाले निकट अनेरास्ववियू बाराको विद्यार्थी राजनीतिबाट राजनीतीमा होमिएका चौलागाईंलाई नेकपा एमाले मकवानपुरले हेटौँडा नगर कमिटी सदस्यको जिम्मेवारी दिएको हो ।

लामो समयदेखि राजनीतिसँगै अन्य पेशा व्यवसाय गर्दै आएका चौलागाईं बारा र मकवानपुरको युवा विद्यार्थीमाझ लोकप्रिय मानिन्छन् । युवा, विद्यार्थीमाझ लोकप्रिय चौलागाईं अखबार हव सञ्चार प्रा.लि.का अध्यक्षसमेत हुन् ।

बैठक नेकपा एमालेका नेता तथा संविधानसभा सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बैठकमा एमाले बामगती प्रदेश कमिटी सदस्य बलराम बल, मकवानपुर जिल्ला कमिटी अध्यक्ष एकलाल श्रेष्ठलगायत अन्य एमाले नेताहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*