निषेधको राजनीति नगर्न सभापतिलाई इतर पक्षको चेतावनी
मकवानपुर । निषेधको राजनीति नगर्न काँग्रेस मकवानपुरका संस्थापन इतर समुहले सभापतिलालाई चेतावनी दिएको छ । सोमबार इतर पक्षका पदाधिकारीहरुले पार्टी सभापति बुद्ध लामालाई ध्यानाकर्षण पत्र मार्फत निषेधको राजनीति नर्गन चेतावनी दिएको हो । लामा संस्थापन पक्षबाट सभापतिमा चयन भएका थिए ।
लामाले आफुखुशी सदस्य मनोनित गरेको भन्दै संस्थापन इतरका नेताहरुले असन्तुष्टि जनाइरहेका छन् । सहमतिका आधारमा पार्टीको गितिविधि अगाडि बढाउनु पर्नेमा उनीहरुको माग छ । पार्टीमा बहुमतमा रहेका अन्य पदाधिकारी तथा सदस्यहरुले सदस्यहरु मनोनित गरिएकोमा बिरोध गर्दै आएका थिए । सस्थापन इतरका पदाधिकारीसहित नेताहरुको केही दिनअघि हेटौंडामा भएको भेलाले नेतृत्वलाई विधि र पद्धतिमा हिँड्न सुझाएको थियो ।
पार्टीको निर्वाचनमा पराजित संस्थापन इतरका उम्मेदवारहरुलाई जिल्लामा मनोनित नगरिएको र आफुखुसी आफ्ना नजिककालाई मात्र मनोनित गरेको भन्दै नेताहरु विरोधमा उत्रिएका हुन् ।
संस्थापन इतरका नेताहरु स्थानीय तहको निर्वाचनमा एकलौटी ढंगले टिकट दिने सम्भावना बढेपछि असन्तुष्ट बढेको हो । उपसभापति कठायत, धर्म लामिछाने, सचिव भिमसेन महत, सचिव इश्वर पाठक, सहसचिव इन्दिरा न्यौपानेले सभापति लामालाई आफुखुसी गरिएको सदस्यमा मनोनित गरिएको काम सच्याउनु पर्ने आगामी दिनमा सहमतिका आधारमा अघि बढ्न उनीहरुले ध्यानाकर्षण गराएका हुन् ।







