मकवानपुरसहित बागमती प्रदेशका ६ जिल्लामा फैलियो बर्डफ्लु
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर–२, आँपचौर स्थित एक कुखुरा फर्ममा बर्डफ्लु देखियो । किसानले खोरमा पालेकोकुखुरामा बर्डफ्लु देखिएपछी यहाँका केही कुखुरा मरे र केहीलाई पशुचिकित्सकको सल्लाहमा मारिएको थियो । कुखुरा मर्न थालेपछी बर्डफ्लुको जाँच गरिएको थियो । त्यस क्षेत्रमा कुखुरा मर्न थालेपछि ल्याब परीक्षण गरीहेर्दा बर्डफ्लु एच फाइब एन वान नामक भाइरस संक्रमण भएको पुष्टि भएको पशु सेवा बिज्ञ केन्द्र मकवानपुरका प्रमुख डा. ब्रज किशोर ठाकुरले जानकारी दिए।
मकवानपुरका दश वटै स्थानीय तहमा किसानले कुखुरा पालन गर्ने गरेका छन् । सबै भन्दा धेरै हेटौंडाको कमाने र चुरीयामाइ क्षेत्रमा कुखुरा पालन हुने गरेको छ । बर्डफ्लु रोग फैलन नदिनका लागि किसान सचेत हुँदा हुँदै पनि देखा पर्ने गरेको छ । मकवानपुर जिल्लामा २०६९ र २०७५ सालमा बर्डफ्लु देखिएको थियो । जिल्लामा करिब १ हजार ३ सय कुखुरा पालक किसान रहेका छन् । कुखुरा पालक किसानको लागि महामारीको रुपमा लिइएको बर्डफ्लु रोगलाई समयमा नै रोकथाम गर्न नसके यसले ठूलो क्षति पुर्याउने जानकारहरु बताउँछन् ।
पन्छीमा लाग्ने संक्रामक रोग ‘बर्ड फ्लु’ चितवनको विभिन्न ठाउँका व्यावसायिक कुखुरा फार्महरूमा पनि देखा परेको छ । जिल्लास्थित बर्ड फ्लु नियन्त्रण समितिको बैठकले रोग पुष्टि भएका ३ ठाउँका फार्मका कुखुरा नष्ट गर्ने निर्णय गरेको छ । चितवनमा थप २ ठाउँमा पनि बर्ड फ्लु पुष्टि भएको र नष्ट गरिएको छ । चितवनको खैरहनी–२ मा रहेको किरणप्रसाद कँडेलको तात्रीवास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र प्रालिलाई केन्द्र मानेर त्यस नजिकका चारै दिशाका पन्छी, सम्बन्धित सामग्री र उत्पादन नष्ट गरिएको हो ।
भरतपुर–८ मा मदनकृष्ण मानन्धरले पालेको लेयर्स कुखुरा फार्म र भरतपुर–२३ मा खेमलाल भुसाल र चन्द्र भुसालले पालेको कमर्सियल लेयर्स कुखुरा फार्मका पनि कुखुरा र सम्बन्धित उत्पादन नष्ट गरिएको छ । बर्ड फ्लु देखिएका स्थानको ७ किलोमिटर परिधिभित्र कडा निगरानी राख्ने पनि समितिले जनाएको छ । बर्ड फ्लु प्रभावित क्षेत्रबाट कुखुरा र पन्छीसँग सम्बन्धित पदार्थ र उत्पादन ओसारपसार गर्न नपाउने निर्णय पनि समितिले गरेको छ ।
मकवानपुर र चितवन मात्र होइन । बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लु रोगको संक्रमण फैलिएको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले र्बफ्लुरोग फैलिएकाले यसबाट सचेत हुन आग्रह समेत गरे । बर्डफ्लु देखिएका स्थानमा पन्छीको नष्ट गरिएको र क्षति भए वापतको रकम समेत दिइने मन्त्रालयका सचिब पाण्डेले बताए ।
मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु देखिएको हो । प्रदेशमा माघ १६ गतेदेखि हालसम्ममा संक्रमण विभिन्न जिल्लामा फैलिरहेको उहाँले बताउनुभयो । अझै चितवनमा भने देखा परिरहेको छ । बर्डफ्लु रोग संक्रमण देखिएको स्थानहरुमा हालसम्म ५८ हजार २ सय ६१ पक्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ केजी दाना सुरक्षित तवरबाट नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।
कुखुरामा बड्फ्लु देखिन थालेपछी यसको परिक्षणको कामलाई तिब्रता दिइएको बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निर्देशक डाक्टर मुगल प्रसाद साहले जानकारी दिनुभयो दिए। पशुपन्छीमा कुनैपनि रोग लागेमा यसको परिक्षण गर्ने, औषधि उपचार गर्ने, किसानलाई सचेत गराउने लगायतका नियमित कामहरु भइरहेको उनले बताए। चितवन जिल्लामा कुखुराको सख्या धेरै भएकाले बर्डफ्लुको जोखिम पनि निकै रहेको निर्देशक साहले बताए।
संघीय सरकारले तोकेको मापदण्ड र नीति अनुसार कृषकहरुलाई राहत स्वरुप क्षतिपूर्ति दिने सरकारको योजना रहेको सचिब पाण्डेले बताए । मन्त्रालयले बर्डफ्लु रोगको समयमै निदान र नियन्त्रणको लागि विभिन्न पहलहरु गरिरहेको जनाएको छ ।
प्रदेशका अन्य जिल्लामा बर्डफ्लु रोग फैलन नदिन परिक्षणको दायरालाई फराकिलो बनाइएको छ । एक क्षेत्रबाट अर्को क्षेत्रमा संक्रमण फैलन नदिन नमूना संकलन, परिक्षण र निगरानी कार्यहरु बढाइएको मन्त्रालयका कृषि बिकास महासाखाका प्रमुख तथा प्रवक्ता झलकनाथ कडेलले जानकारी दिए ।
संक्रमणको जोखिम बढ्न नदिन र रोगको नियन्त्रणको लागि प्रदेश सरकारले मातहतका निकायमा कार्यरत पशु चिकित्सक तथा कर्मचारीहरुलाई लामो बिदा नबस्न तथा जिल्ला नछाड्न पत्रचार गरेको छ । त्यस्तै सबै जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्दबाट ¥यापिड टेस्ट किटबाट परिक्षणको व्यवस्था मिलाइएको छ ।
संक्रमित पन्छीहरुको ओसार प्रसारमा पनि कडाइ गरिएको छ । त्यसका लागि प्रहरीको समन्वयमा पन्छीपालक व्यवसायीले पन्छी ढुवानीको लागि भेटेरिनरी स्वास्थ्य कार्डमा कडाई गर्ने र र्यापिड टेष्ट रिपोर्ट अनिवार्य गर्ने सम्बन्धमा छलफल गरिरहेको मन्त्रालयका प्रवक्ता कंडेलले जानकारी दिए।
नेपालमा पहिलो पटक सन् २००९ मा बर्डफ्लु रोग देखा परेको थियो भने तत्पश्चात् विभिन्न जिल्लाहरुमा कृषक÷व्यवसायीले पालन गरिरहेका पन्छीहरुमा बर्डफ्लु रोगको संक्रमण देखिएको कुरा सर्वविदितै छ । यो रोग लागि सकेपछि पन्छीहरुमाह अत्याधिक मृत्युदर हुने हुँदा कृषक र व्यवसायीहरु पन्छीपालन व्यवसायबाट पलायन हुने अवस्था सृजना हुने र खाद्य तथा पोषण सुरक्षामा असर पर्ने प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका पशु चिकित्सक डाक्टर बबलु ठाकुरले बताए ।
बर्डफ्लु कसरी नियन्त्रण गर्न सकिन्छ त ?
विषाणुबाट लाग्ने बर्डफ्लु रोगको नियन्त्रण समयमा गर्नु हामी सबैको दायित्व र कर्तव्य पनि हो । पन्छीपालनमा बर्डफ्लु रोगको निरन्तर संक्रमणको कारणबाट कृषक व्यवसायीहरुले व्यहोर्ने पर्ने क्षतिलाई न्युनिकरण गर्न र रोगलाई थप फैलन नदिन कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेशले सम्बन्धित सबै सरोकारवालाहरुसँग समन्वय गरि योजनाबद्ध ढंगबाट कार्यक्रमहरु अगाडि ल्याएको जनाएको छ ।
बागमती प्रदेशमा पछिल्लो समय २०७८ माघ १६ गतेदेखि पन्छीहरुमा देखापरेको बर्डफ्लु रोग बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक गरी ६ वटा जिल्लाहरुमा फैलिसकेको छ । बर्डफ्लु रोग संक्रमण देखिएको स्थानहरुमा ५८ हजार २६१ पन्छी, २२ हजार ०३४ वटा अण्डा, ११ हजार ४३९ के।जी दाना सुरक्षित तरिकाले नष्ट गरिएको छ ।
बर्डफ्लु रोगको नियन्त्रणका लागि मन्त्रालय र निर्देशनालयहरु पहल के–के भयो त ?
संक्रमण देखिएको स्थानमा पूर्ण निसंक्रमणका कार्यहरु गरिएको छ । संक्रमण देखिएको स्थानबाट रोग अन्यत्र फैलिन नदिन नमूना संकलन र निगरानीका कार्यहरु सञ्चालन भईरहेको छ । बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाद्वारा बर्डफ्लु रोग रोकथाम तथा नियन्त्रण गर्न काम गरिएको छ ।
बर्डफ्लु रोगको समयमै निदान र नियन्त्रणको लागि बागमती प्रदेश सरकार मातहतका निकायमा कार्यरत पशु चिकित्सक तथा अन्य कर्मचारीहरुलाई लामो बिदामा नबस्न र जिल्ला नछाड्न पत्राचार गरिएको जनाएको छ । बर्डफ्लु रोग छिटो निदानको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुबाट परिक्षण गर्ने व्यवस्था मिलाईएको छ । संक्रमण फैलिन नदिन पन्छीहरुको आवतजावत नियमनको लागि नेपाल प्रहरीसँग समन्वय गरिएको छ । पन्छीपालक व्यवसायीहरुले पन्छी ढुवानी गर्दा चेकजाँचलाई कडाई गर्ने र ढुवानी गर्दा अनिवार्य गर्ने सन्दर्भमा सरोकारवालाहरुसँग छलफल भईरहेको छ ।
यसैगरी बागमती प्रदेश भित्र बर्डफ्लु रोग नियन्त्रणको लागि आवश्यक जनशक्ति व्यवस्थापनको लागि कृषि तथा पशु विज्ञान अध्ययन संस्थानसँग छलफल भईरहेको छ । कृषकहरुलाई बर्डफ्लु रोगको छिटो सूचना प्रवाह गर्ने कार्य सहजीकरण गर्नको लागि टोल–फ्रि नम्बरको व्यवस्था गर्ने प्रक्रिया अघि बढाईएको छ । रोग नियन्त्रण गरी थप आर्थिक क्षति हुन नदिन तत्काल आपतकालिन योजना बनाई कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ ।
बर्डफ्लु रोग सम्बन्धी जनचेतनामूलक सामाग्रीहरु सञ्चार माध्यमहरुबाट प्रचार–प्रसार गरिएको छ । बर्डफ्लु नियन्त्रणको लागि संघिय सरकार र स्थानीय तहसँग समन्वय गरि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरु आपतकालिन रोग अन्वेषण र संक्रमित पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामाग्रीहरु हटाउने वा नष्ट गर्ने जस्ता कार्यहरुमा खटिएका छन्।
बर्डफ्लु रोग नियन्त्रणको लागि जिल्लास्तरीय बर्डफ्लु नियन्त्रण समितिको वैठक गरि अन्तर निकाय समन्वय गरिएको छ । बर्डफ्लु रोग नियन्त्रण बारे बर्डफ्लु जोखिमयुक्त र संक्रमित जिल्ला अन्तरगतका स्थानीय तह र सरोकारवाला निकायहरुसँग समन्वय गर्न अन्तरक्रिया कार्यक्रमहरु तिब्र रुपमा सञ्चालन भईरहेको छ। अझै पनि यस रोगको संक्रमण फैँलदो क्रममा रहेको हुनाले निम्नानुसारका कुराहरुमा ध्यान दिई रोग नियन्त्रणको कार्यमा सहयोग गर्नहुन सम्पूर्ण सरोकारवालाहरुलाई अनुरोध समेत गरिएको मन्त्रालयलयले जनाएको छ ।
किसानले आफ्नो फार्ममा जैविक सुरक्षाका उपायहरु यसरी अवलम्बन गर्नसक्छन्
किसानले पालेका हाँस, कुखुरा तथा अन्य पन्छीलाई जंगली तथा बाहिरी चराचुरुङ्गीको सम्पर्कमा आउन नदिन खुल्ला रुपमा पन्छीपालनलाई निरुत्साहित गर्न गराउनु पर्ने छ । पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपोसार गर्दा अनिर्वाय रुपमा स्वास्थ्य परिक्षण गराई स्वस्थ पन्छी तथा पन्छीजन्य पदार्थको भेटेरिनरी प्रमाणपत्र लिई ओसारपोसार गराउनुपर्ने छ । पन्छी ढुवानी गरिसके पछि सवारी साधन अनिवार्य रुपमा सरसफाई तथा निःसंक्रमण गर्नुपर्छ ।
फार्म परिसर नियमित रूपमा निःसंक्रमण गर्नहुन तथा व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्छ । कुनै पनि पन्छी फार्म वा बिक्रिस्थलमा अस्वाभाविक रुपमा पन्छी बिरामी परेमा वा मरेमा सम्बन्धित स्थानीय तहको पशु सेवा शाखारभेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र÷पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय वा यस मन्त्रालयमा सूचना गर्न चिकित्सकहरुले अनुरोध गरेका छन् ।







