कमिसन नबढाएको भन्दै हेटौंडाका पेट्रोलियम बिक्रेता आन्दोलित,मारमा उपभोक्ता

अखबार हब
२०७८ चैत्र १९, शनिबार १६:४७

मकवानपुर । हेटौंडामा पेट्रोलियम पदार्थ अभाव भएपछि उपभोक्ता मारमा परेका छन् । आज बिहानैबाट हेटौंडाको पेट्रोल पम्पहरुमा सवारीमा तेल हाल्नेहरुको चाप बढेको छ । तर अधिकांश पम्पहरुमा भने प्रेटोलियम पर्दाथ सटेज गरिएको छ ।

सरकारले पेट्रोलियम बिक्रेतालाई कमिसन नथप्ने निर्णय गरेपछि नेपाल पेट्रोलियम डिलर एसोसिएसनले पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी दिएसंगै पेट्रोलियम पर्दाथ सटेज भएको हो ।

नारायणी पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष उत्सव इटेनीले सरकारले बिक्रेतालाई कसिसन बढाउनको सट्टा घटाएको भन्दै आन्दोलनको कार्यक्रम अन्तर्गत आजबाट पेट्रोलियम पर्दाथको अभाव सुरु भएको बताए ।

पेट्रोलियम पदार्थको भाउ बढेअनुसार तत्काललाई बिक्रेता कमिसन नबढाए देशभर पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी दिए ।

‘आयल निगमले ज्यादती गर्यो,मूल्यवृद्धि आफ्नै किसिमले गर्ने तर बिक्रेतालाई नहेर्ने । ५० वर्षदेखि हामीले पाईरहेको कमिसनमा कटौती भयो, इटेनीले भने,बिक्रेताले पाईरहेको २.६ प्रतिशत कमिसन पनि घट्यो । पाईरहेको कमिसन पनि घट्यो । तेलको भाउ दिनदिनै बढ्ने तर कमिसन घट्ने । हाम्रो खर्च पनि नउठ्ने स्थिति आयो । हाम्रो माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छ । भोलिबाट पेट्रोलियम पदार्थको बिक्री ठप्प हुनसक्छ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*