पाँच दलीय गठबन्धन हाउबुजी मात्र हो : बल

अखबार हब
२०७८ चैत्र १८, शुक्रबार २२:४३

मकवानपुर । नेकपा एमालेका प्रदेश सदस्य बलराम वलले ५ दलीय गठबन्धन हाउबुजी मात्र भएको बताएका छन् ।

नेकपा एमाले कैलाश गाउँपालिका भेलालाई सम्बोधन गर्दै पार्टीको आन्तरिक एकता र सुदृढ समजदारीको आधारमा गठबन्धनको हाउबुजी समाप्त पारिने बताएका छन् । नेता बलले माअओवादी तिब्र रूपमा ओरालो लागेको र काँग्रेसको छवि जनताको बीचमा नराम्रो भएको स्थानीय निर्वाचनमा एमालेको जीत सुनिश्चित रहेको बताए ।

भेलामा नेकपा एमाले जिल्ला सचिव नवीन सिग्देलले जनताको साथमा स्वार्थ पूर्ण रूपमा भएको गठबन्धनलाई सजिलै पराजीत गर्ने बताए । गाउँपालिका कमिटी अध्यक्ष पुण्य भण्डारीको अध्यक्षतामा भएको भेलामा जिल्ला सचिवालय सदस्यहरू बच्चुराम ढुङ्गाना, नरेन्द्र रिजाल, जिल्ला सदस्यहरू मिलन पाठक, सुकुमाया थिङ्ग, सानुभाई विष्ट, बुद्विबहादुर मुक्तान, श्याम उप्रेती, राजकुमार वलको आथित्यता रहेको थियो ।

भेलाले पालिका कमिटीका अध्यक्ष पुण्य भण्डारीको संयोजकत्वमा ३ सय १ निर्वाचन परिचालन समिति र २३ सदस्यीय सचिवालय गठन गरेको छ । निर्वाचनको प्रतिबद्वता लेखन समिति र वडामा जनप्रतिनिधि सिफारिसको लागि सहजकर्ता समेत तोकिएको पालिका ईन्चार्ज बच्चुराम ढुङ्गानाले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published.


*