एमालेविरुद्ध मकवानपुरमा पाँच दलले गठबन्धन
मकवानपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मकवानपुरमा एमालेविरुद्ध सत्ता गठबन्धन एक भएर जाने भएका छन् ।
आज (शुक्रबार) हेटौँडामा पत्रकार सम्मेलनको आयोजन गरी सत्तारुढ दलहरुले मकवानपुरको १० वटै स्थानीय तहको वडा स्तरसम्म गठबन्धन गरेर जाने निर्णय भएको जानकारी दिएको हो ।
नेपाली काँग्रेस पार्टी कार्यालय हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी गठबन्धनका दलहरुले स्थानीय तहमा एमालेबिरुद्ध गठबन्धन गरेर जाने निर्णय भएको बताइएको हो ।
गठबन्धनको लागि नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा संयोजक रहेको समितिसमेत निर्माण गरिएको छ । समितिका सदस्यहरुमा सत्तारुढ दलका मकवानपुर अध्यक्षहरु रहेका छन् ।







