बागमती गाउँपालिकामा गठबन्धन भत्कने नेता राईको उद्घोष
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रामचन्द्र राईले सत्तागठबन्धनको अप्राकृतिक गठबन्धनलाई बागमती गाउँपालिकाका जनताले भत्काईदिने बताएका छन् ।
नेकपा एमाले बागमती गाउँपालिकाले आयोजना गरेको निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएको हो । जिल्ला सह–इन्चार्जसमेत रहेका राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
नेकपा एमाले बागमती गाउँपालिकाका अध्यक्ष चन्द्र राईको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु दिलबहादुर घिसिङ, अणराज जर्घा जिल्ला सदस्य खेमराज जर्घा, राजकुमार तिमल्सिना बागमती गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङ्तानलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा निर्वाचनमा उम्मेदवार तय गर्नेदेखि सर्वसाधारण माझ पार्टीको एजेण्डा लैजाने विषयमा समते प्रशिक्षण दिइएको थियो ।







