१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

अखबार हब
२०७८ चैत्र १८, शुक्रबार १२:३०

पाल्पा । पाल्पामा एक बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

१२ बर्षीया बालिका बलात्कार गरेको आरोपमा जिल्लाको तिनाउ गाउँपालिका–१ कचल बस्ने ४८ वर्षीय कोशलबहादुर हिस्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

चैत्र १७ गते बालिका बलात्कार गरेको उजुरी परेलगत्तै दोभान प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हिस्कीलाई पक्राउ गरेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*