हेटौँडाको १४ नम्बर वडामा गठबन्धनका कार्यकर्ताको रोईलो

अखबार हब
२०७८ चैत्र १६, बुधबार २०:०२

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष दिपक खड्काले गठबन्धनका कार्यकर्ताले पराजित मानसिकता बोकेर वडा कार्यलयमा रोईलो गरेको बताएका छन् ।

बुधबार प्रेस चौतारी मकवानपुरसँगको अन्तरक्रियाको क्रममा उनले गठबन्धनका कार्यकर्ता आफूसँग प्रतिशोध साँध्नकै लागी हातमा चाबी बोकेर वडा कार्यालयमा धम्काउन आएको बताएका हुन् ।

स्थानीय तहको चुनाव नजिकीएको अवस्थामा गठबन्धनका कार्यकर्ताले एमालेलाई कमजोर पार्नका लागी षड्यन्त्र गरिएको बताउँदै उनले सो कार्य निन्दनीय रहेको उल्लेख गरे ।

गठबन्धनका कार्यकर्ताले गत ४ गते उपमहानगर वडा नम्बर ८ को कार्यालय तोडफोड गरेको घटना स्मरण गर्दै अध्यक्ष खड्काले भने–‘८ नम्बरको शैली गठबन्धका कार्यकर्ताले मेरो वडामा अपनाउन खोजे अब चुनाव जित्न उनीहरुसँग कुनै एजेण्डा छैन विकास हामीले गरेका छौँ यो गठबन्धको पराजित मानशिकताको उपज हो ।’

छलफलकै क्रममा उनले आफ्नो कार्यकालभरी वडाको विकासमा लागिपरेको समेत जानकारी गराए । विभिन्न संघ/संस्थाको सहयोगमा विद्यालय भवन निर्माण गरेको स्वास्थ्य क्षेत्रको सुधार गरेको शान्ति सुरक्षाका लागी वडामा नै प्रहरी चौकी स्थापना गरेको र अन्य धेरै खालका जनताले सहज देख्ने खालका विकास गरेको वडा अध्यक्ष खड्काको भनाई थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*