मकवानपुरका ४८ जना अधिवक्ताले गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने
मकवानपुर । मकवानपुरका ४८ जना अधिवक्ताहरुले नेपाल बार एशोसिएशनको निर्वाचमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने भएका छन् ।
जिल्ला अदालत मकवानपुर र उच्च अदालत पाटन हेटौंडा इजालासका ४८ जना अधिवक्ताले चैत १९ गते हुने नेपाल बार एशोसिएशनको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको हो ।
मङ्गलबार गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने प्रतिबद्धता जायर गर्दै बरिष्ठ अधिवक्ता केशबप्रसाद काफ्लेको संयोजकत्वमा ७ सदस्य निर्वाचन परिचालन समिति गठन गरेको छ । अधिवक्ताहरु पुस्कबहादुर थापा, शान्ति मोक्तान, शिव बञ्जरा, अप्सरा बस्नेत, रमा चौलागाईं, आर के मौनाली उक्त समितिमा रहेको अधिवक्ता मोहन ढकालले जानकारी दिए ।







