सडक निर्माण भेला भनेर हेटौंँडा १ का एमाले वडा सदस्यलाई काँग्रेस प्रवेशको हल्ला चलायो
मकवानपुर। हेटौँडा–१ नकौलीमा सडक निर्माणको विषयमा छलफल छ भनेर एकजना एमालेका स्थानीय नेतालाई नेपाली कांग्रेसले पार्टी प्रवेश गराएको छ । चैत्र १२ गते सडक निर्माणको छलफल भनी बोलाएर सामुहिक फोटो खिचाउँदै पार्टी प्रवेश गराएको हल्ला फिजाएको भन्दै नेकपा एमाले हेटौँडा–१ का वडा सदस्य समेत रहेका सिंहबहादुर पाख्रिनले विज्ञप्ती जारी गरेका छन् ।
नेपाली कांग्रेसबाट विजयी भएका वडा नंबर १ का वडा अध्यक्ष समेतको सहभागितामा आफुलाई पार्टी प्रवेश गराएको भन्दै भ्रम फिजाएको भन्दै उनले आपत्ती जनाएका छन् । उनले विज्ञप्ती मार्फत आफु एमालेमानै रहेको उल्लेख गरेका छन् ।
म एमालेमानै प्रतिवद्ध छु भन्दाभन्दै जवरजस्ती समाएर टिका लगाउँदै तँ आजबाट कांग्रेस भैस भन्दै आयोजकहरु हिडेको उनले बताएका छन् ।







