मनहरी १ को अध्यक्ष बन्न जिम्बा माओवादी केन्द्रको पहिलो आकांक्षी

अखबार हब
२०७८ चैत्र १३, आईतवार १४:३०

मकवानपुर । सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेसँगै यतिबेला गाउँघरमा चुनावी सरगर्मी बढ्दै गएको छ ।

यसै क्रममा विभिन्न राजनीतिक दलहरूले आफ्नो चुनाव केन्द्रित कार्यक्रमलाई तीब्रता दिँदै गईरहेको छ । यसै गरि आगामी निर्वाचमा पार्टीको उम्मेदवार बन्न आकांक्षीहरु पनि देखिन थालेका छन् ।

यसैबीच पश्चिम मकवानपुरको मनहरी १ बाट माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षमा शिशुकुमार जिम्बा आफ्नो उम्मेदवार रहने बताएका हुन् । उनले आफुलाई पार्टीले आवश्यक सम्झेमा आफ्नो उम्मेदवारी रहने बताएका छन् ।

जिम्बाले अध्यक्षमा उम्मेदवारी दिने इच्छा जाहेर गरेसँगै उनी मनहरी गाउँपालिका भरिबाटै माओवादी केन्द्रबाट उम्मेदवारी बन्न आकांक्षा व्यक्त गर्ने पहिलो आकांक्षी बनेका हुन् । यसअघि मनहरी गाउँपालिका भित्रमा माओवादी केन्द्रबाट निर्वाचनमा भाग लिन कुनैपनि आकांक्षी देखिएका थिएनन् ।

२०६७ सालबाट पार्टीको विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका जिम्बा हालसम्म गरी २ पटक माओवादी केन्द्र मनहरी १ को अध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् । आफु सामाजिक संघ संस्थामा रहेर सामाजिक कार्य गर्न रमाउने बानी परेको उल्लेख गर्दै यस पटक अध्यक्ष पदको आकांक्षा व्यक्त गरेको उनले बताए ।
राजनीति क्षेत्रमा काम गरेको अनुभव र आफुले तय गरेको भावी योजनाबाट जिम्बाले समृद्ध मनहरी गाँउपालिका १ नम्बर वडा बनाउने उद्देश्यसहित उम्मेदवारी रहने बताएका छन् ।

वैदेशीक रोजगारीमा रहँदासमेत नेकपा माओवादी केन्द्रको भातृ संगठन जनप्रगतिशील मञ्च कुवेतको सद्स्य रहेका जिम्बाले आफू अध्यक्षयमा विजयी भएमा सम्पूर्ण वडाबासीको लागि स्तरीय शिक्षा निःशुल्क स्वास्थ्य उपचार सेवा, घर–घरमा बिजुली पुर्याउने खानेपानीको व्यवस्था, सडक विस्तारमा जोड रहने बताए ।

आफु विजयी भएमा वडाबासीको चाहाना र योजना अनुसारै काम गर्ने र ५ वर्षको कार्यकालमा सीमान्तकृत र भूमिहीनको लागि व्यवस्थित बसोबासको व्यवस्था गर्ने, बेरोजगारहरुलाई रोजगारीको अवसर सिर्जना गर्नेगरी काम गर्ने र नागरिकलाई निराश हुन नदिने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*