प्रथम निजगढ उपमेयर महिला फुटबल : एसवाईसी रामथलीको विजयी सुरुवात
बारा । ‘हाम्रो गोल, महिला हिंसाविरुद्ध बोल’ भन्ने मुल नाराका साथ शनिबारबाट सुरु भएको प्रथम निजगढ नगरस्तरीय उपमेयर महिला फुटबल खेलको उद्घाटन खेलमा एसवाईसी रामथली विजयी भएको छ ।
निजगढ नगरपालिकाको सहयोग र चौतारा युवा क्लबको आयोजनामा नेत्रोदय मावि निजगढ– ७ को प्राङ्गनमा सुरु भएको खेलमा एनएफसी निजगढ ९ विरुद्ध एसवाईसी रामथली ०–१ गोल अन्तरले वियजी भएको हो । खेलको अन्तिम समय सम्म गोल गर्ने प्रयार दुबै पक्षबाट भए पनि खेलको ६० औं मिनेटमा एसवाईसी रामथलीकी निश्चल तामाङले गरेको गोल नै जीतको लागि निर्णायक बन्न पुग्यो ।
खेलको लेडी पावर अफ दी म्याच एनएफसीकी दिलमाया घिसिङ घोषित भए । प्रत्येक खेलका लागि पावर अफ दी म्याचको ट्रफी निजगढ–७ का खड्क वहादुर पुलामीले सहयोग गरेका छन् ।

जम्मा ७ ओटा टीमको सहभागिता रहेको नगरस्तरीय खेलका प्रथम हुनेले ३५ हजार नगर, द्वितीय हुनेले २५ हजार नगरसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने खेल व्यवस्थापन समितिका व्यवस्थापक बुद्धिवहादुर रानाले जानकारी दिए ।
उद्घाटन खेलको स्वागत मन्तव्य निजगढ – ७ का वडाध्यक्ष रामजी बजगाईंले राखेका थियो ।
निजगढ नगरपालिका प्रमुख सुरेशकुमार खनालको प्रमुख आतिथ्यतामा भएको उद्घाटन खेलमा उप–प्रमुख लिलादेवी लामिछानेको विशेष आतिथ्यता रहेको थियो ।
आज हुने दोस्रो खेल नेत्रोदय माविको प्राङ्गनमा दिउँसो ४ः ३० बजे निजगढ सिटीविरुद्ध फ्याफुल्ला युवा क्लवबीच हुँदैछ ।







