फेरि विवादमा परे कपिल शर्मा

अखबार हब
२०७८ फाल्गुन २६, बिहीबार १२:२०

भारतीय कमेडियन तथा अभिनेता कपिल शर्माका लागि विवाद नयाँ कुरा होइन। विभिन्न कारणले पटकपटक सानादेखि ठूला विवादमा मुछिएका कपिल अहिले फेरि समस्यामा परेका छन्।

सोनी टिभीमा ‘द कपिल शर्मा शो’ चलाइरहेका उनलाई सामाजिक सञ्जालमा निकै गाली गरिरहेको देख्न पाइन्छ। सामाजिक सञ्जालमा उनको कार्यक्रमलाई ब्वाइकट गर्ने ट्रेन्ड नै चलेको छ।

यो सबको कारण फिल्म निर्देशक विवेक अग्निहोत्रीले गरेको ट्विट हो। ‘द कश्मीर फ्लाइज’ फिल्मका निर्देशक विवेक एक ट्विट गरेका थिए जसमा कपिलको कार्यक्रम जान आफूहरूलाई नदिइएको विवेकले बताएका थिए।

सुरूमा विवेकको फिल्म प्रचारका लागि कपिलको कार्यक्रममा आउन एक प्रशंसकले ट्विटमा लेखेका थिए। तिनै प्रशंसकको जवाफ दिँदै विवेकले आफूहरूको फिल्ममा ठूला सेलेब्रेटी कलाकार नभएको भन्दै कपिलको कार्यक्रममा जान नदिइएको बताएका थिए।

‘हाम्रो फिल्ममा ठूला व्यवसायिक कलाकार नभएकाले कपिलले कार्यक्रममा हामीलाई बोलाउन मानेनन्,’ विवेकले भनेका छन्।

यसपछि सामाजिक सञ्जालमा कपिल र उनको कार्यक्रम दुवैले गाली खाइरहेका छन्। यसबारे हालसम्म कपिलले भने कुनै प्रतिक्रिया नदिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

निर्देशक विवेकको द कश्मीर फ्लाइज फिल्म कश्मीरमा भएको सत्य घटनामा आधारित फिल्म हो। यो फिल्म आगामी मार्च ११ मा रिलिज हुने भनिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*