दुई वर्ष पछि ग्लोबल नेपाली फिल्म अवार्ड
काठमाडौं । पहिलो पटक बिदेशी भूमिबाट हुँदै आएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड युएसए’को पाँचौ सँस्करण आगामी ३ जुलाईमा हुने भएको छ । कोरोना महामारीका कारण यो अवार्ड सन २०२० र २०२१ मा हुने सकेन् । सन २०२० र ०२१मा रिलिज भएका नेपाली चलचित्रबीच यो अवार्डमा प्रतिस्पर्धा हुने भएको छ ।
मंगलबार अवार्ड आयोजक संस्था नेपाल फिल्म सोसाईटी र ग्लोबल नेपाली फिल्म अवार्ड एलएससी अमेरिकाले काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै यो अवार्डको मिति सार्वजनिक गरे । यो अवार्ड आगामी ३ जुलाईमा यो अवार्ड अमेरिकाको टेक्सास राज्यको ड्यालस शहरमा आयोजना हुने भएको छ । अवार्डमा नेपालबाट दुई दर्जन भन्दा बढी कलाकारहरु सहभागी हुने पत्रकार भेटघाटमा बताईएको छ ।
‘सन २०१७ देखि २०२०सम्म हामीले अमेरिकाको टेक्सासमा लगातार ४ वर्ष यो अवार्ड आयोजना ग¥यौं । कोरोना महामारीका कारण दुई वर्ष देखि रोकिएको यो अवार्ड अब आगामी जुलाईमा आयोजना हुने भएको छ ।’ अवार्ड आयोजक संस्थाका अध्यक्ष एवम् अभिनेता नवराज श्रेष्ठले पत्रकार भेटघाट कार्यक्रममा बताए ।
अर्का आयोजक एवम् अभिनेता कृष्ण मल्लले नेपाली सिनेमा भिलेज टु ग्लोबल भन्ने नारा सहित हाम्रा सिनेमालाई बिश्वमा पुर्याउन अवार्ड अमेरिकामै आयोजना गर्दै आएको बताए । पाँचौ सँस्करणको यो अवार्ड समारोहमा यो दुई वर्षमा निर्माण भएका चलचित्रहरुको प्रतिस्पर्धामा उत्कृष्ट चलचित्र, निर्देशक, कलाकार, सँगीतकर्मी, प्राविधिक, गायनलाई अवार्ड प्रदान गरिने पनि उनले बताए । डायस्पोराबाट बनेको लघू चलचित्रलाई अवार्ड, लामो समयदेखि क्रियाशि चलचित्रकर्मी, सँगीतकर्मीलाई सम्मान गरिने पनि मल्लले कार्यक्रममा जानकारी गराए,‘अवार्ड समारोहको अबसर पारेर हामीले अमेरिकामा यसपटक केही दिन नेपालका आधा दर्जन चलचित्र पनि प्रदर्शन गर्दैछौं । जसबाट नेपाली चलचित्रको प्रवर्धनमा अझ प्रोत्साहन हुने विश्वास हाम्रो छ ।’ मल्ले कार्यक्रममा भने ।
यो अवार्डले नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्व बजारमा जान निकै ठुलो सहयोग गर्दै आएको अग्रज अभिनेता निर शाहले कार्यक्रममा बताए । बिदेशी भूमिबाटै आयोजना हुँदै आएको नेपाली चलचित्र सम्बन्धि यो नै पहिलो अवार्ड भएको पनि उनले जिकिर गरे ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल चलचित्र सँघका महासचिब एवम् निर्माता अशोक शर्मा, आयोजक मधुकुमार श्रेष्ठ, अभिनेत्री करिश्मा मानन्धरलगायतले पनि यो अवार्डले नेपालीलाई अमेरिकी बजारमा प्रवर्धन गर्न निकै ठुलो सघाउ पुगेको बताए ।







