पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गरिने

अखबार हब
२०७८ फाल्गुन २२, आईतवार १७:०१

काठमाडौं । एक किशोरीलाई बलात्कार गरेको अभियोग लागेका कलाकार पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ। यसअघि सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि समय माग गरेकोमा जिल्ला अदालतले १२ दिनको समय दिएको प्रहरीले जनाएको छ ।

नाबालिग किशोरीले तनहुँ जिल्ला प्रहरी कार्यालयमा बलात्कारको किटानी जाहेरी दिएको पाँच दिनपछि पल शाहले प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए।उनीमाथि तनहुँ प्रहरी कार्यालय र नवलपुर प्रहरी कार्यालयमा नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोपमा बेग्लाबेग्लै मुद्दा दर्ता गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*