पल शाहविरुद्धको आरोप प्रमाणित भए १० देखि १२ वर्षसम्म कैद हुन सक्ने

अखबार हब
२०७८ फाल्गुन ११, बुधबार २२:४८

काठमाडौं । कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणीको आरोप प्रमाणित भए १० वर्षदेखि १२ वर्षसम्म सजाए हुन सक्ने कानुन व्यवसायीहरुले बताएका छन् ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसुरको व्यवस्था दफा २१९ (२) छ । उक्त दफाले कसैले कुनै महिलालाई निजको मंजुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भएपनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ भन्ने व्यवस्था छ ।

अपराध संहिता अनुसार जबर्जस्तीकरणी सम्बन्धी कसुरमा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म सजाए हुन सक्ने व्यवस्था रहेको छ ।

शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा एक गायिकाले आफूलाई जबर्जस्ती करणी गरेको भनेर जाहेरी दर्ता गराएकी छिन् । शाहविरुद्ध बुधबार जबर्जस्ती करणीको उजुरी दर्ता गराएकी जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शाहविरुद्ध उजुरी परेपछि कानुनी प्रक्रिया अगाडि बढिसकेको छ । उजुरीमा आफू नाबालिग रहेको बेला शाहले जबर्जस्ती करणी गरेको उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*