नेपाल खेलकुद महासंघ मकवानपुरको वार्षिक खेल तालिका सार्वजनिक

अखबार हब
२०७८ माघ २९, शनिबार १९:०२

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट नेपाल खेलकुद महासंघ मकवानपुरले एक वर्षभरी गर्ने आफ्नो वार्षिक खेल गतिविधि कार्यक्रम सार्वजनिक गरेको छ । हेटौँसडामा आज पत्रकार सम्मेलनको आयोजना गरि वार्षिक खेल गतिविधि कार्यक्रम सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमार्फत नेपाल खेलकुद महासंघ मकवानपुरका अध्यक्ष सविन मोक्तानले वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो ।

तालिक अनुसार यो वर्षको कार्यक्रममा फागुन २४ गते नारी दिवसको अवसमार महिलाहरुको ‘समानताको लागि दौड’ नामक ५ किलोमिटर दौडको आयोजना गर्ने भएको छ । चैत्र १० देखि १२ गतेसम्म राष्ट्रि«य बुद्धिचाल प्रतियोगिता, चैत्र १७ देखि १९सम्म सेभेन एसाईड फुटबल प्रतियोगिता गर्ने, चैत्र २४ देखि २६ गतेसम्म अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिता, चैत्र २९ गते प्लेयर अफ दि इएर घोषणा र पत्रकारलाई पुरस्कार दिने कार्यक्रम रहेको छ ।

त्यसैगरी २०७९ साल बैशाख ९ र १० गते जिल्ला स्तरीय तेकवान्दो प्रतियोगिता, सोहि महिनामा राष्ट्रिय शिनक्युकेसिन प्रतियोगिता, जेठ १४ गते ५ किलोमिटर खुल्ला दौड, असार ४ गते साईक्लिङ प्रतियोगिता, श्रावण १२ देखि १४ गते जिल्ला स्तारीय बुद्धिचाल प्रतियोगिता, भदौ महिनामा प्रदेश स्तरीय जुडो प्रतियोगिता, मंसिर १४ गते स्थापना दिवसको कार्यक्रम, पुस महिनामा खुल्ला भलिवल प्रतियोगिता, माघ ८ गते स्वर्गीय विरेन्द्र राई स्मृति मावि स्तारीय हिज्जे प्रतियोगिता कार्यक्रम हुने भएको छ ।

कार्यक्रम सार्वजनिकपछि बोल्दै नेपाल खेलकुद महासंघका निवर्तमान उपमहासचिव तथा केन्द्रीय आयोजक कमिटि सदस्य धरम लामाले नेकपा एमालेले खेलकुदलाई निकै महत्वको साथमा लिएको बताए । खेलकुद मार्फत देशलाई अन्तराष्ट्रिय जगतमा चिनाउन सकिने भन्दै उनले खेलकुद महासंघ मार्फत राष्ट्रिय खेलाडी उत्पादन गर्नको लागि मकवानपुर जिल्ला कमिटिले आयोजना गर्ने यस्ता खालका प्रतियोगिताले सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्यहरु, प्रदेश सदस्यहरु जिल्ला तहका नेताहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*