साउथ इन्डियन फिल्म ‘थिरिमाली’ नेपाली गीत पनि (भिडियोसहित)

अखबार हब
२०७८ माघ १४, शुक्रबार १७:५५

काठमाडौं । नेपाली अभिनेत्री स्वस्तिमा खड्काले नृत्य गरेको ‘रंग विरंगी’ साउथ इन्डियन (मलयालम) फिल्म ‘थिरिमाली’ ले नेपालमा राम्रो हाइप बनाएको छ ।

प्रदर्शन मिति घोषणा नगर्दै टिजर र गीत सार्वजनिक गरिसकेको निर्माण टिमले बिहीवार दोस्रो गीत ‘थेदुन्नू’ सार्वजनिक गरेको छ । गीत नेपाली र मलयाली भाषामा बनेको छ । मलयालम भागको शब्द विवेक मुजक्कुन्नूले लेखेका छन् भने नेपाली रचनाकारमा अनुप न्यौपाने छन् । गीतको मलयालम पार्ट श्रीजीत एडवानाले गाएका छन् । नेपाली भाषामा भने सागर कामीको स्वर रहेको छ ।

राजीव शेठ्ठीको निर्देशनमा तयार भएको ‘थिरिमाली’ लाई गत वर्ष नेपालको पोखरा, काठमाडौं, लुक्लामा छायांकन गरिएको थियो । हिन्दी, मलयालम, कन्‍नड, तमिल र तेलूगू भाषामा रिलिज हुने फिल्ममा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, सलिम कुमार, इनोसेन्ट, सोहन सीनुलाल, हरीश कणरण, अन्ना राजनको अभिनय छ । फिल्मलाई फजल अलीले छायांकन गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*