ठमेलमा इण्डियन आइडल पवनदीपको कन्सर्ट हुने

अखबार हब
२०७८ पुष २३, शुक्रबार १५:४२

काठमाडौं । इण्डियन आइडल विजेता पवनदीप राजन नेपाल आउने भएका छन् । माघ १ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबमा आयोजना हुने कन्सर्टका लागि उनी नेपाल आउने भएका हुन् ।

कोरोना महामारीले थलिएको ठमेललाई सांगीतिक माहोलबाट तताउन पवनदीपलाई ल्याएर कार्यक्रम गर्न लागेको एलओडी क्लबले जनाएको छ । कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन संक्रमणको जोखिम बढ्दै गएको भएपनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर कार्यक्रम गर्ने क्लबले बताएको छ ।

यसअघि पनि एलओडीमा भारतीय कलाकारका साथै अन्य विदेशी कलाकारहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् ।

पवनदीप इण्डियन आइडल सिजन–१२ का विजेता हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*