मुक्तक मञ्च मकवानपुरको अध्यक्षमा बर्तौला

अखबार हब
२०७८ पुष १७, शनिबार १९:३८

मकवानपुर । मुक्तक मञ्च मकवानपुरको अध्यक्षमा डीबी बर्ताैला चयन भएका छन् ।

मुक्तक लेख्ने साहित्यकारहरुको आज हेटौंडामा भएको भेलाले डीबी बर्तौलाको अध्यक्षतामा १५ सदस्यीय मुक्तक मञ्च मकवानपुर गठन गरिएको हो । मुक्तककार हरिकृष्ण काफ्लेको विशेष आतिथ्यमा मुक्तक मञ्च गठन गरिएको छ ।

पोखरामा मुख्यालय रहेको मुक्तक मञ्चको शाखाको रुपमा मुक्तक मञ्च मकवानपुर गठन गरिएको नवनियुक्त अध्यक्ष बर्तौलाले जानकारी दिए । मुक्त मञ्च गठन गर्न आयोजित कार्यक्रममा २० जना भन्दा बढी मुक्तककारले मुक्तक वाचन गरेका थिए । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्षविश्वनाथ सञ्जेलको पनि आतिथ्य रहेको थियो ।

मुक्तक मञ्च मकवानपुरको उपाध्यक्षमा किसन पौडेल, सचिवमा गोकर्ण लामा, कोषाध्यक्षमा मेनु तिमिल्सिना, सह–सचिवमा राजकुमार घिमिरे र अमृता लामिछाने चयन भएको छ । यस्तै सदस्यमा अर्चना दाहाल, भवानी तिमिल्सिना, सागर तिमिल्सिना, स्वस्तिका दाहाल, स्वास्तिका बानियाँ, सुवास सजल, अनिल कोइराला, अनु रोक्का र देवेन्द्र सञ्जेल चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*