सहिद पृतकुमार मोक्तान स्मृती फुटबल प्रतियोगीताको उपाधि पाल्दमारलाई

अखबार हब
२०७८ पुष ८, बिहीबार २०:३१

मकवानपुर । पश्चिम मकवानपुरको मनहरीमा सम्पन्न गाउँपालिका स्तरीय दोश्रो सहिद पृतकुमार मोक्तान स्मृती फुटबल प्रतियोगीताको फाइनल खेलमा पाल्दमार एफसी बिजयी भएको छ ।

आज भएको फाइनल खेलमा रजैया एफसीलाई पाल्दमार एफसीले १–० गोलको अन्तरले पराजित गरेको हो ।

पाल्दमारका लागि विनोद घलानले गरेको गोल नै जीतको लागि निर्णयक गोल बनेको हो । खेलको उत्कृष्ट खेलाडीमा पाल्दमारका मिलन लामा घोषित भए भने प्रितम स्याङ्बो बेस्ट डिफेन्डर भए । प्रतियोगिताको म्यान अफ द सिरिज रजैयाका प्रताप लामा, गोलरक्षक अजीत मोक्तान घोषित भएका छन् ।

प्रतियोगीताको विजेता पाल्दमार एफसीले नगद रुपैयाँ ५० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् भने द्वितीय हुने रजैया एफसीले नगद २५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

खेलको प्रमुख अतिथि रहेका बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले खेलबाट पनि राष्ट्रलाई चिनाउन सकिने र खेलाडी उत्पादनमा प्रदेश सरकार लगानी गर्न तयार रहेको बताए । उनले भने, ‘खेलाडीको प्रवद्र्धनको लागि तीनै तहको सरकारले आ–आफ्नो क्षेत्रबाट योगदान गरी पूर्वाधार निर्माणमा लाग्न आवश्यक रहेको छ ।’

खेलमा काँग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्ताैला, काँग्रेस मनहरी १ का वडा सभापति रामप्रसाद उप्रेती, हेटौंडा उपमहानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष ललित घलानको अतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*