सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी यू १९ बन्यो च्याम्पियन

अखबार हब
२०७८ मंसिर १९, आईतवार १६:४४

काठमाडौं । क्यान यू १९ राष्ट्रिय प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा सुदूरपश्चिममाथि ११३ रनको फराकिलो जित निकाल्दै लुम्बिनी च्याम्पियन बनेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित सबै विकेट गुमाउँदै २१२ रन बनाएको थियो। जसका लागि कप्तान देव खनालले सर्वाधिक ७० रन बनाउँदा विशाल विक्रम केसीले ५१ रन बनाए। त्यस्तै दुर्गेश गुप्ताले ३२ र प्रज्वल थापाले २४ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ सुदूरपश्चिमका आकाश चन्दले सर्वाधिक ३ विकेट लिँदा हेमन्त धामी र शेर मल्लले समान २र२ विकेट लिए। त्यस्तै नरेन साउद र राहुल भण्डारीले समान १र१ विकेट लिए।

२१३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिम २८।३ ओभरमा ९९ रनबनाउँदै अलआउट हुन पुग्यो। कप्तान खडक बोहोराबाहेकका सुरुवाती ब्याट्सम्यान नचल्दा सुदूरपश्चिमको ब्याटिङ सुरुबाटै धरमराउन थालेको थियो। सुदूरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन बनाउँदा कप्तान बोहोराले २१ रन बनाए। त्यस्तै शेर मल्लले १५ र नारायण जोशीले ११ रन जोडे।

सुदूरपश्चिमको ब्याटिङलाईनलाई रोक्न लुम्बिनीका अजय चौहानले सर्वाधिक ५ विकेट लिँदा दुर्गेश गुप्ताले ३ तथा मोहम्मद हुसैनले २ विकेट लिए।

यसमा तपाइको मत

Your email address will not be published.


*