हेटौंडेली गायक ढकाल र लुँइटेलको ‘हे दैव’ सार्वजनिक
मकवानपुर । हेटौंडेली गायक घनश्याम ढकाल र गायिका सुनिता शर्मा लुँइटेलद्वयले स्वर दिएको कोरोना भाइरसको संक्रमणबाट बँच्नको लागि सचेतनामुलक विषयबस्तुलाई समेटिएको ‘हे दैव’ गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
म्युजिक भिडियोको हेटौंडामा आज(शनिबार) एक समारोहका बीच सार्वजनिक गरिएको हो गायक ढकालकै शब्द, संगीत रहेको म्यूजिक भिडियोमा स्थानीय कलाकारहरुको अभिनय रहेको छ । सार्वजनिक गरिएको भिडियो हेटौंडा उपमहा– नगरपालिका ६ नम्वर वडा कार्यालयको सहयोगमा स्टेट भिजन प्रालिले तयार पारेको हो ।
शनिबार पत्रकार सम्मेलनमार्फत भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ का अध्यक्ष अर्जुनप्रसाद चौँलागाईले जनमानसमा कोरोना संक्रमणको महामारी नियन्त्रणका लागि सचेतना पुर्याउने र स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले सो म्यूजिक भिडियो निर्माण गर्न वडाको तर्फबाट पनि सहयोग गरिएको बताएका छन् ।
उनले सामाजिक उत्तरदायीत्वलाई विशेष ध्यानमा राखेर निर्माण गरिएको सो भिडियोले वडावासीहरुमा मात्र नभई देशैभर एउटा सकारात्मक सन्देश प्रवाह हुने उल्लेख गरे । भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष रुपेश दुलालले स्थानीय कलाकारलाई प्रोत्साहन गर्दै समाजप्रति सचेतना पुर्याउने उदेश्यले म्यूजिक मिडियो निर्माणमा सहयोग पुर्याएकोमा वडा कार्यालयप्रति धन्यवाद व्यक्त गरे ।
स्टेट भिजन प्रालिका अध्यक्ष/सम्पादक गिरिजा अधिकारीको सभाध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो । म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा संगीतकारहरु तुल्सी गौतम, प्रविन्द्र महर्जन, मनोज शाही, गायक उत्सव चौलागाईं, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी लगायत मकवानपुरका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।







