हाँस्य टेलिश्रृंखला ‘सक्किगो नि’ पुनः युट्युबमा आउने
काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘सक्किगो नि’ पुनः युट्युबमा आउने भएको छ। टेलिश्रृंखला निर्माण कम्पनी जेपीटी क्रिएसन प्रालिको आधिकारिक युट्युब च्यानलमा पुनः प्रसारण हुने भएको हो।
कलाकार अर्जुन घिमिरे ‘पाँडे’का अनुसार युट्युबमा ‘सक्किगो नि’ का आगामी श्रृंखलाहरू नियमित रूपमा युट्युबमा आउने जानकारी दिए।
‘आजबाट जेपिटी क्रिएसनको अफिसियल युट्युब पेजमा बेलुका ९ बजे सक्किगो नि निरन्तर रूपमा आउने जानकारी गराउँछौं,’ उनले भने, ‘केही हप्ता पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं। यहाँहरूको माया, सल्लाह, सुझाव र सद्भावका लागि मनबाट नै सम्मान अनि नमन व्यक्त गर्छौं।’
यसअघि गत बिहीबारदेखि सक्किगो नि नेपालका ६ वटा ओटिटी प्लेटफर्ममार्फत आउने गरेको थियो। यसअन्तर्गत ओहो मुभिज, क्लियर टिभी, भाया टिभी, डिशहोम गो, नेटटिभी लगायत थिए।
हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको यो सिरियलमा अर्जुन घिमिरे, कुमार कट्टेल, सीपी पुडासैनी, शंकर आचार्य, कमलमणि नेपाल, दिपक आचार्य, सागर लम्साल, हरि निरौला, रक्षा श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।







